निर्वाचन स्वच्छ भए हाम्रो पार्टी पहिलो बन्छ: प्रचण्ड

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १०, शनिबार १८:११

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन स्वच्छ र निष्पक्ष भए आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन्। शनिबार पार्टीमा नयाँ सदस्यहरूलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन्।

प्रचण्डले निर्वाचनको स्वच्छतामा जोड दिँदै भने, ‘यदि निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सकियो भने आगामी चुनावमा नेपाली कम्युनिस्ट पार्टी पहिलो शक्ति बन्न सक्छ।’ उनले राष्ट्र र जनताको हित सुनिश्चित गर्नका लागि पार्टीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए।

प्रचण्डको सचिवालयका अनुसार शनिबार विभिन्न पार्टी परित्याग गरी ५२ जना युवा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। ती युवाहरूलाई स्वागत गर्दै संयोजक प्रचण्डले नयाँ जोसका साथ अघि बढ्न आग्रह गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.