सरस्वतीको मूर्ति सेलाउने क्रममा झडप, ६८ सेल अश्रु ग्यास प्रहार

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १३, मंगलबार ०८:३७

रौतहट । रौतहटको परोहा नगरपालिका–९ रामपुरखाप गाउँमा सरस्वती पूजाको मूर्ति सेलाउन जाने क्रममा २ समुदायबीच बढेको विवादले उग्र रुप लिएको छ । झडप नियन्त्रण गर्न प्रहरीले ६८ सेल अश्रु ग्यास प्रहार गरेको छ ।

मूर्ति सेलाउन गएको जुलुस र फरक समुदायका केही व्यक्तिहरूबीच भनाभन सुरु भएपछि घटना झडपमा परिणत भएको हो । प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा ल्याएको छ ।

झडपमा केही स्थानीय र सुरक्षाकर्मी सामान्य घाइते भएका थिए । घाइतेहरु उपचारपछि घर फर्किसकेका छन् । घटनापछि रामपुरखाप क्षेत्रमा सुरक्षा कडा पारिएको छ ।

रौतहट प्रहरीका सूचना अधिकारी तथा डीएसपी विष्णुप्रदीप बस्यालले दुवै पक्षलाई संयमित रहन र समाजमा अशान्ति फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गरेका छन् । प्रहरीका अनुसार आवश्यक अनुसन्धान र सोधपुछका लागि केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटले धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित रहन अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले राजनीतिक दलको सहभागितामा स्थानीय अगुवासँग छलफल गरी समस्या समाधान गरिने जानकारी दिए ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.