पाथीभरामा केवलकार निर्माण रोक्न माग गर्दै प्रदर्शन

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १३, मंगलबार १२:०१

धनकुटा । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) मा निर्माण गर्न लागिएको केवलकार परियोजना तत्काल रोक्न माग गर्दै धनकुटामा विरोध कार्यक्रम आयोजना गरिएको छ। कोशी प्रदेश नाम खारेज जिल्ला संघर्ष समिति र मुकुम्लुङ संरक्षण संघर्ष समितिले संयुक्त रूपमा यो विरोध कार्यक्रम गरेका हुन्।

धनकुटाको मदन चोकमा आयोजित कोणसभामा सहभागीहरूले मुकुम्लुङ क्षेत्रलाई आदिवासी समुदायको ऐतिहासिक, सांस्कृतिक र धार्मिक आस्थाको केन्द्रका रूपमा व्याख्या गरे। सो क्षेत्रमा केवलकार निर्माण गर्दा पहिचान, परम्परा र वातावरणमा गम्भीर असर पर्ने उनीहरूको दाबी छ। विकासका नाममा स्थानीय समुदायको भावना र ऐतिहासिक महत्वमाथि हस्तक्षेप गर्न नहुने उनीहरूले बताए।

किराँत याक्थुम चुम्लुङका केन्द्रीय सदस्य चन्द्रसिंह नेम्वाङ र विश्व हिन्दु महासंघ कोशी प्रदेशका आनन्द सन्तोषी राईले मुकुम्लुङ आदिवासी समुदायको सभ्यता र आत्मसम्मानसँग जोडिएको भूमि भएको उल्लेख गरे। स्थानीयको सहमति र पर्याप्त वातावरणीय अध्ययनबिना अगाडि बढाइएका कुनै पनि आयोजना खारेज गर्नुपर्ने माग उनीहरूले राखेका छन्।

आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष नवीनकिशोर शाक्यले संस्कृति र प्रकृतिमाथि चोट पुर्‍याउने गरी विकास लाद्न नहुने स्पष्ट पारे। यसअघि ताप्लेजुङ, धरान र विराटनगरमा पनि केवलकार निर्माणको विरोध हुँदै आएको छ। केवलकार निर्माणविरुद्ध आगामी माघ १८ गतेदेखि ताप्लेजुङमा थप आन्दोलन गर्ने तयारी भइरहेको संघर्ष समितिले जनाएको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.