धनकुटाका ‘शताब्दी पुरुष’ को निधन

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १५, बिहीबार १३:०६

धनकुटा। धनकुटाको छथरजोरपाटी गाउँपालिका–४ तेलिया गाउँका १०१ वर्षीय लक्ष्मण तामाङको निधन भएको छ। शताब्दी पुरुषका रूपमा परिचित तामाङको बुधबार राति आफ्नै घरमा निधन भएको स्थानीयले जानकारी दिएका छन्।

वि.सं. १९८१ मा धनकुटाको तेलियामा जन्मिएका तामाङ सामाजिक र राजनीतिक रूपमा पनि सक्रिय थिए। उनी २०३९ देखि २०४३ सालसम्म साबिक तेलिया गाविस वडा नम्बर १ को वडाध्यक्ष समेत भएका थिए। उनी १५ भन्दा बढी निर्वाचनमा मतदान गरेको अनौठो अनुभव सुनाउने गर्थे।

परम्परागत उपचारमा कहलिएका ‘झाँक्री बा’ स्थानीयबीच झाँक्री ‘बा’ का नामले चिनिने तामाङले झारफुक र परम्परागत उपचार विधिमा ठूलो ख्याति कमाएका थिए। ६ सन्तानका अभिभावक रहेका उनी केही महिनादेखि शारीरिक रूपमा अशक्त भएर घरमै थलिएका थिए। उनकी श्रीमतीको भने केही वर्षअघि नै निधन भइसकेको थियो।

धनकुटाको स्थानीय इतिहास र सामाजिक परिवर्तनलाई नजिकबाट देखेका तामाङको निधनले गाउँलेहरू शोकमा परेका छन्।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.