निर्वाचनमा कांग्रेस नै मुख्य प्रतिस्पर्धी : महासचिव पोखरेल

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १६, शुक्रबार १४:२०

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा आफ्नो पार्टीको मुख्य प्रतिस्पर्धी शक्ति नेपाली कांग्रेस नै रहेको बताएका छन्। एमालेको प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग नभएको उनको दाबी छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले कांग्रेस देशको पुरानो पार्टी भएको र अहिलेको राजनीतिक परिदृश्यमा पनि कांग्रेस नै एमालेको प्रमुख प्रतिस्पर्धी रहेको बताए। काठमाडौं जस्ता सहरी क्षेत्रमा रास्वपा प्रतिस्पर्धामा नै छैन भन्ने विश्लेषण आइरहेको उल्लेख गर्दै उनले रास्वपाको प्रभाव सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा केही बढेको देखिए पनि त्यो चुनाव जित्ने तहको नभएको टिप्पणी गरे।

पोखरेलले रास्वपाले समानुपातिकतर्फ केही मत बढाउन सक्ने विश्लेषण पनि सुनाए। अघिल्लो चुनावमा सहरी क्षेत्रको समानुपातिक मत रास्वपालाई धेरै गएको भए पनि यस पटक त्यो घट्न सक्ने उनको आँकलन छ। यद्यपि, प्रत्येक जिल्लाबाट केही न केही मत आउने भएकाले ग्रामीण क्षेत्रमा रास्वपाको समानुपातिक मत बढ्न सक्ने उनले बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.