हेभिवेटको क्षेत्रमा प्रहरीको विशेष कमाण्ड

Share this
674shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १६, शुक्रबार १६:४९

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको सुरक्षा चुनौति रहेका स्थानमा प्रहरीले विशेष टोली परिचालन गर्ने तयारी गरेको छ । हेभिवेट उम्मेदवार रहेका ठाउँहरूमा नेपाल प्रहरीले विशेष टाेली खटाउने तयारी गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार सुरक्षा थ्रेट हुनसक्ने ठाउँहरूमा विशेष टोली परिचालन हुनेछ । प्रहरीको उच्च सतर्कता रहेको जिल्ला झापा हो । यहाँ दुई प्रधानमन्त्रीका उम्मेदवार चुनावै मैदानमा छन् । विघठिन प्रतिनिधिसभाका सभामुख र उपसभामुख पनि चुनावी मैदानमा छन् । झापाको सुरक्षा हेर्ने गरी एसएसपीको नेतृत्वमा थप टोली परिचालन गर्ने तयारी छ ।

झापा–५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रतिस्पर्धामा छन् । झापाबाट निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानामगर पनि प्रतिस्पर्धामा छन् ।

झापाको इञ्चार्जमा एसपी बसुन्धरा खड्का छिन् । झापा जिल्ला हेर्ने गरी एसएसपीको अर्को कमाण्ड खटाउने तयारी पनि भइरहेको छ । मोरङ क्षेत्र नम्बर ६ मा हेवीवेट उम्मेदवार डाक्टर शेखर कोइराला चुनावी मैदानमा छन् । मोरङमा पनि विशेष टोली पठाउने तयरी छ ।

सर्लाही जिल्लामा पनि एसएसपी खटाउने तयारी गरिएको छ । सर्लाही–४ बाट नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका रुपमा कांग्रेसले उम्मेदवार बनाएका गगन थापा उम्मेदवार बनेका छन् । सर्लाहीबाटै नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वगृहमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठ पनि उम्मेदवार बनेका छन् ।

चितवनलाई पनि सुरक्षा संवेदनशीलतामा राखिएको छ । चितवन–२ बाट रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने उम्मेदवार बनेका छन् । निर्वाचन लक्षित ७५ हजारभन्दा बढी प्रहरी परिचालन हुँदैछन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.