मेची पुलमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, चालक घाइते

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १७, शनिबार ०८:१७

विराटनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित मेची पुलमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।

शुक्रबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१२ प ३८४९ नम्बरको मोटरसाइकल सडकमा राखिएको ब्यारीकेटमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ बस्ने ४० वर्षीय चेतन कटवालको मृत्यु भएको हो ।

दुर्घटनालगत्तै गम्भीर घाइते भएका कटवाललाई उपचारका लागि तत्काल आम्दा अस्पताल धुलाबारी पठाइएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ का ३५ वर्षीय काशिनाथ पौडेल घाइते भएका छन् । उनलाई बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.