
विराटनगर। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नं. १ मा १७ जना उम्मेदवार छन् । ठूला दल, साना दल र स्वतन्त्र उम्मेदवार गरी कुल १७ जना चुनावी मैदानमा उत्रिएका हुन् ।
नेपाली कांग्रेसका तर्फबाट ५० वर्षीय खड्ग बहादुर फागो (रुख चिह्न) र नेकपा (एमाले) का तर्फबाट ६४ वर्षीय घनश्याम खतीवडा (सूर्य चिह्न) चुनावी मैदानमा छ्न् । नेकपाबाट कुलप्रसाद साम्बा उम्मेदवार छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४१ वर्षीय यज्ञमणि न्याैपाने (घण्टी) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ७० वर्षीय पूर्णबहादुर वाइवा तामाङ्ग (हलो) पनि प्रतिस्पर्धामा छन् । ७० वर्षीय तामाङ्ग यस क्षेत्रका सबैभन्दा जेष्ठ उम्मेदवार हुन् । श्रम संस्कृति पार्टीबाट ४४ वर्षीया शान्ती पाख्रिन लामा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ४९ वर्षीया दिल कुमारी लावती, राष्ट्रिय परिवर्तन पार्टीबाट ४१ वर्षीया दुर्गा कुमारी तामाङलगायत उम्मेदवार छन् ।

६० वटा मतदान स्थल रहेकाे माेरङ क्षेत्र नम्बर १ मा १ लाख २८ हजार ५४५ मतदाता छन् ।
























