
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले विघटन गरेको संसदबारे सर्वोच्च अदालत माैन बस्न नमिल्ने बताएका छन् । संसद पुनर्स्थापनाकाे मागसहित एमालेले दायर गरेकाे मुद्दा विचाराधीन छ । उनले संसद् पुनर्स्थापनाको मुद्दाबारे चाँडो फैसला गर्नुपर्ने बताए ।
‘अदालतले तत्काल फैसला दिनुपर्छ चुनाव गर्ने कि पुनर्स्थापना गर्ने, हामीले पुनर्स्थापनाको माग गरिरहेका छौँ त्यो सुन्दै नसुन्ने, संविधान मिचिएको छ भनिरहेका छौँ हामी, उनले भने,’अदालतले बोल्नुपर्यो, संविधान मिचिएको छैन भने पनि मिच्न पाइन्छ भने पनि अदालतले भनेपछि हामी मान्छौँ।’
अदालतले जे फैसला गरेपनि आफूहरू स्वीकार्ने भन्दै चुनावअघि नै बोल्नुपर्ने बताए ।
संवैधानिक सङ्कटमा देश फसेको बेलामा मौन बस्दा अदालतको औचित्यमाथि नै प्रश्न उठ्ने अवस्था बन्ने बताए । ओखलढुङ्गा एमालेको चुनावी भेलालाई सम्बोधन गर्दै उच्च पहाडी र हिमाली भेगमा मान्छे नै नभएको भन्दै भोट हाल्नको लागि हिमाल चढ्नजस्तै गरी कोही नजाने बताए ।
























