प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले मात्र देशमा स्थिरता ल्याउँछ : यादव

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १८, आइतबार १४:३२

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थिरता र बलियो शासन व्यवस्थाका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको बताएका छन्।

सप्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका यादवले आइतबार आफ्नो चुनावी अभियानका क्रममा यस्तो धारणा राखेका हुन्। उनले वर्तमान संसदीय व्यवस्थाले अस्थिरता निम्त्याएको भन्दै जसपा नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा अडिग रहेको स्पष्ट पारे।

बारम्बार सरकार फेरिने र मन्त्रीहरू बदलिने प्रवृत्तिले विकासका योजना अलपत्र परेको भन्दै उनले अबको विकल्प प्रत्यक्ष निर्वाचित प्रणाली नै भएको बताए। राष्ट्रपति जनताले सिधै चुन्ने भएपछि शक्तिको स्रोत पार्टी नभई जनता नै हुने र सरकार टिकाउन सत्ता-सम्झौताको खेलमा लाग्नु नपर्ने उनको जिकिर छ। संसदीय अभ्यासमा गठबन्धन सरकारहरूको जोडघटाउले सुशासन र आर्थिक सुधारलाई असर पारेकाले नीतिगत निरन्तरताका लागि नयाँ शासन प्रणाली अपरिहार्य भएको उनले बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.