रवि लामिछानेको राहदानी विवाद: सर्वोच्चमा आज सुनुवाइ हुँदै

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १९, सोमबार ११:५७

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा यो मुद्दाको पेसी तोकिएको छ।

युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि रिट दायर गरेका थिए। लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत रहेको भन्दै उनले सर्वोच्चमा चुनौती दिएका थिए। तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए।

यसअघि सर्वोच्चले यो मुद्दामा तीन पटक फाइल मगाउने निर्णय गरिसकेको छ। २०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरेको अदालतले २०८० जेठ ९ गते आवश्यक फाइल मगाउन आदेश दिएको थियो। महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचलाउनुको कारणसहितको निर्णय प्राप्त भएपछि आज यो मुद्दामा दोहोरो सुनुवाइ हुन लागेको हो।

निवेदक पौडेलले लामिछाने अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिकका नाममा राहदानी लिनु राहदानी ऐन, २०२४ विपरीतको कसुर भएको जिकिर गरेका छन्। लामिछानेको आपराधिक मनसाय नरहेको भनी महान्यायाधिवक्ताले क्षेत्राधिकार बाहिर गएर निर्णय गरेको उनको दाबी छ। सफलले लामिछानेले कुन-कुन समयमा राहदानी प्रयोग गरे भन्ने विवरण अध्यागमन विभागबाट झिकाउन र मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म उनलाई राजनीतिक अधिकार प्रयोग गर्न नदिन अन्तरिम आदेशको समेत माग गरेका छन्।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.