रेशम चौधरीको रिटमाथि सुनुवाइ संयुक्त इजलासमा

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १९, सोमबार ११:५९

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजी विरुद्ध दायर गरेको रिटमाथि आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइका लागि पेसी तोकिएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेका चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो। आयोगको उक्त निर्णयले आफ्नो संवैधानिक अधिकार हनन भएको दाबी गर्दै उनले सर्वोच्चमा रिट दिएका थिए।

यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले चौधरीको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निर्वाचन आयोगसँग लिखित जवाफ माग गरेको थियो। अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा छलफल गर्न आज दुवै पक्षलाई बोलाएको हो। आजको बहसपछि अदालतले चौधरीको उम्मेदवारी कायम रहने वा नरहनेबारे महत्वपूर्ण आदेश दिने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.