
काठमाडौँ । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले पहिलो पटक ‘नेपाल आदिवासी ज्ञान सम्मेलन, २०८२’ आयोजना गर्ने भएको छ। सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानले आफ्नो २५औँ स्थापना दिवस (रजत जयन्ती) को अवसरमा यो विशेष कार्यक्रम गर्न लागेको जानकारी दिएको हो।
प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले सम्मेलनको उद्देश्यबारे प्रष्ट पारे। उनले आदिवासी समुदाय, स्रोत, नीति निर्माता र विभिन्न वर्गलाई एकै ठाउँमा ल्याएर आदिवासी ज्ञानको आदानप्रदान गर्न यो महोत्सव कोशेढुङ्गा सावित हुने बताए।
‘ज्ञानको आदानप्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम तय भएको छ।

























