संसद् भवन अगाडि ‘जेन-जी’ सहिदको सम्झनामा हवन

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १९, सोमबार १५:०१

काठमाडौँ । भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको आत्माको शान्तिको कामना गर्दै नयाँ बानेश्वरस्थित संसद् भवनको मुख्य गेट अगाडि हवन गरिएको छ। ‘नेत्रवाद दर्शन’ समूहले आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको सम्झना र उनीहरूको अधुरो सपना पूरा गर्ने संकल्पका साथ आइतबारदेखि होम-यज्ञ तथा विशेष पूजा सुरु गरेको हो।

एक महिनादेखि माइतीघर मण्डलामा निरन्तर आन्दोलनरत यस समूहले संसद् भवनको मूल प्रवेशद्वारलाई नै अनुष्ठान स्थल बनाएको छ। आन्दोलनका क्रममा भएको क्षति र सहिदहरूको बलिदानलाई राज्यले उचित सम्मान दिनुपर्ने उनीहरूको माग छ।

आयोजक एवं ‘नेत्रवाद दर्शन’ की अभियन्ता स्मृति राईले यो पूजा केवल धार्मिक अनुष्ठान मात्र नभई एक प्रकारको सांकेतिक विद्रोह भएको बताएकी छन्। उनले देशमा विद्यमान राजनीतिक अस्थिरता र संवैधानिक संकट समाधानका लागि अध्यात्म र दबाबलाई सँगै लगिएको उल्लेख गरिन्।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.