राजस्व हिनामिना प्रकरण: प्रादेशिक अस्पतालका पूर्वमेसुसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २०, मंगलबार १७:०६

काठमाडौँ । सिरहास्थित प्रादेशिक अस्पतालको राजस्व हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ जना पूर्व कार्यालय प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) सहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। तत्कालीन मेसुद्वय डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादवसहितका कर्मचारीले अस्पतालको टिकट काउन्टरबाट संकलन भएको रकम बैंकमा दाखिला नगरी दुरुपयोग गरेको ठहर गर्दै आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दर्ता गरेको हो।

आर्थिक वर्ष २०८०/८१ मा अस्पतालका ८ वटा बिल काउन्टरबाट उठेको सेवा शुल्कमा अनियमितता भएको अनुसन्धानबाट खुलेको छ। अख्तियारका अनुसार सफ्टवेयरको अभिलेखमा देखिएको कुल आम्दानी र बैंकमा जम्मा गरिएको भौचरबीच ३८ लाख ७७ हजार ७ सय २४ रुपैयाँ ८३ पैसाको फरक पाइएको छ। कार्यालय प्रमुखहरूले आफ्नो जिम्मेवारी जिम्मेवारीपूर्वक पूरा नगरी उक्त सरकारी रकम मास्न र हिनामिना गर्न सहयोग पुर्‍याएको आयोगको दाबी छ।

अनियमिततामा संलग्न भएको आरोपमा तत्कालीन प्रशासन प्रमुख अशोक कुमार सिंह, लेखा प्रमुख अशोक कुमार यादव र बिल काउन्टरमा कार्यरत कर्मचारीहरू श्याम कुमार मण्डल, रोशन कुमार यादव, सरस्वती कुमारी यादव, अजय कुमार मण्डल र पुजा कुमारी यादवलाई पनि प्रतिवादी बनाइएको छ। उनीहरूले आपसी मिलेमतोमा सफ्टवेयरको तथ्यांक लुकाएर वास्तविकभन्दा कम आम्दानी देखाई सरकारी ढुकुटीमा नोक्सानी पुर्‍याएको अभियोग लागेको छ।

त्यस्तै, तत्कालीन लेखा प्रमुख रत्न प्रसाद मण्डलको मृत्यु भइसकेकाले उनले हिनामिना गरेको रकम असुलउपर गर्ने प्रयोजनका लागि उनकी श्रीमती मुस्कान कुमारी मण्डललाई समेत प्रतिवादी कायम गरिएको छ। अख्तियारले सबै प्रतिवादीहरूबाट बिगो बमोजिमको जरिवाना असुल गरी भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजायको मागदाबी गरेको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.