समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (नामावलीसहित)

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २०, मंगलबार १९:३९

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ ।

आयोगले मंगलबार उक्त बन्दसूची प्रकाशन गरेको हो । आयोगका अनुसार देशभर ६३ राजनीतिक दलबाट दर्ता भएका उम्मेदवारहरू ५७ वटा निर्वाचन चिह्नअन्तर्गत अन्तिम सूचीमा समावेश छन् ।

समानुपातिक प्रणालीतर्फ कुल ३ हजार १ सय ३५ जना उम्मेदवारको नाम अन्तिम रूपमा कायम भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रकाशित अन्तिम बन्दसूचीअनुसार उम्मेदवारमध्ये १ हजार ७ सय ३२ जना महिला र १ हजार ३ सय ६३ जना पुरुष रहेका छन् ।

आयोगले यसअघि प्रारम्भिक बन्दसूचीमा समावेश भएका ७६ जनाको नाम विभिन्न कारणले हटाइसकेको थियो । निर्वाचन आयोगले कानुनी प्रक्रिया पूरा गरी अन्तिम सूची सार्वजनिक गरेसँगै अब समानुपातिक प्रणालीतर्फको निर्वाचन प्रक्रिया औपचारिक रूपमा अन्तिम चरणमा प्रवेश गरेको छ ।

आयोगले दलहरूलाई तोकिएको मापदण्ड र समावेशी प्रतिनिधित्वको व्यवस्था पालना गर्दै उम्मेदवार चयन गरिएको जनाएको छ ।

यी हुन् समानुपातिक उम्मेदवार

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.