लिचिबारी भ्रष्टाचार प्रकरण: पूर्वमन्त्री गुप्ताको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २१, बुधबार १३:३३

काठमाडौँ । पोखराको चर्चित लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ। विशेष अदालतले धरौटीमा छाड्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाएपछि गुप्ताले सर्वोच्चमा पुनरावेदन दिएका थिए।

न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासमा उक्त निवेदनको पेसी तोकिएको छ। यसअघि न्यायाधीश सपना प्रधान मल्ल र नृपध्वज निरौलाको इजलासले यसै मुद्दाका अन्य प्रतिवादीहरूको निवेदनको अवस्था बुझ्न आदेश दिएको थियो।

गुप्तामाथि कास्कीको मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्ने र भूमि आयोगमा सदस्य बनाइदिने प्रलोभन देखाएर व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी र अर्की पूर्वमन्त्री रन्जिता श्रेष्ठविरुद्ध मिलेमतोमा २५ लाख रुपैयाँ घुस लिएको अभियोगमा मुद्दा दायर गरेको थियो।

गुप्ताले अदालतमा आफूमाथि लागेको आरोप झुटो भएको दाबी गरे पनि विशेष अदालतले प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकिने ठहर गरेको थियो। आजको सुनुवाइले गुप्तालाई थुनामै राख्ने वा धरौटीमा छाड्ने भन्नेबारे निर्णय गर्नेछ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.