
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नाे पार्टी पहिलाे बन्ने दाबी गरेका छन् ।
नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्ताे बताएका हुन् । उनले निर्वाचनमा कसैसँग गठबन्धन वा तालमेल नगर्ने पनि दाबी गरे । उनले भनेा थिए,’ हामी एक्लै चुनाव लड्छौं र पहिलो पार्टी बन्छौं ।’
अन्य पार्टीहरुबाट आफूहरुले राम्रो रेस्पोन्स पाइरहेको भन्दै प्रचण्डले प्रत्यक्षमा एमालेले भन्दा धेरै सिट जित्ने अहिले नै निश्चित भइसकेको जिकीर गरेका थिए ।
























