
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले उद्योगहरू देशको मेरुदण्ड भएको उल्लेख गरेका छन् ।
चुनावी अभियानको क्रममा उदयपुर पुगेका उनले उदयपुर सिमेन्ट उद्योग अगाडि खिचिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले यस्ताे लेखेका हुन् ।
उनले भनेका छन्–उद्योगहरू देशका मेरुदण्ड हुन् । उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ ।’
























