‘निर्वाचन निष्पक्ष र पारदर्शी बनाउन पर्यवेक्षक तटस्थ रहनुपर्छ’

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २३, शुक्रबार १२:४७

काठमाडौँ। निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन प्रणाली पारदर्शी, निष्पक्ष र विश्वसनीय हुनुपर्नेमा जोड दिएकी छिन्। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि छनोट भएका निर्वाचन पर्यवेक्षकहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

आयुक्त डा. तुलाधरले निर्वाचन आयोगसँग सहकार्य गर्दै निर्वाचन प्रक्रियाको पर्यवेक्षण र अवलोकन गर्ने जिम्मेवारी पाएका राष्ट्रिय संस्थाहरूको भूमिका सह्रानीय रहेको उल्लेख गरिन्। उनले निर्वाचन पर्यवेक्षणका क्रममा प्रचलित कानून, नियम, निर्देशिका तथा निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिइन्।

पर्यवेक्षकहरू कुनै पनि राजनीतिक दल, उम्मेदवार वा सरोकारवाला पक्षको प्रभाव, आग्रह वा दबाबमा नपरी तटस्थ रहनुपर्नेमा उनको विशेष जोड छ। व्यक्तिगत धारणा, पूर्वाग्रह वा अनुमानका आधारमा निष्कर्ष ननिकाली तथ्यमा आधारित भएर मात्र पर्यवेक्षण गर्न उनले आग्रह गरिन्।

अपुष्ट, अपूर्ण र भ्रामक सूचना सार्वजनिक हुँदा निर्वाचनको विश्वसनीयतामा गम्भीर असर पर्ने भन्दै उनले पर्यवेक्षकहरूलाई सञ्चार र सूचना प्रवाहमा सतर्क रहन सचेत गराइन्। निर्वाचन आयोगले पर्यवेक्षकहरूलाई केवल अवलोकनकर्ताको रूपमा मात्र नभई लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण साझेदारका रूपमा लिएको उनको भनाइ थियो।

निर्वाचन प्रक्रियालाई अझ पारदर्शी र जनउत्तरदायी बनाउन उच्च नैतिकताका साथ आफ्नो भूमिका निर्वाह गर्न उनले सबैमा आह्वान गरिन्।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.