‘कोशी एक्सिलेन्स अवार्ड’ सर्यो: अब चैत ७ गते हुने

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २३, शुक्रबार १७:०९

इटहरी । नयन मिडिया फाउन्डेसनले आयोजना गर्दै आएको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति निर्वाचन आचारसंहिताका कारण परिवर्तन गरिएको छ। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै पूर्व निर्धारित फागुन ७ गतेको कार्यक्रमलाई सारिएको हो।

आयोजकले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगको आचारसंहिता पालना गर्नुपर्ने भएकाले कार्यक्रमको समयतालिका परिवर्तन गरिएको जनाएको छ। नयाँ निर्णयअनुसार यो अवार्ड कार्यक्रम अब आगामी चैत ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजना हुनेछ।

कोशी प्रदेशको पर्यटन, व्यापार र सामाजिक-सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको यस अवार्डको यो दोस्रो संस्करण हो। विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्व र संस्थाहरूलाई सम्मान गरिने यस कार्यक्रमलाई निर्वाचनपछि अझ सुव्यवस्थित र भव्य रूपमा सम्पन्न गरिने आयोजकले प्रतिबद्धता व्यक्त गरेको छ।

नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले निर्वाचनको संवेदनशील समयमा आयोगको नियम पालना गर्नु सबैको दायित्व भएको बताउँदै मिति परिवर्तनबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन्।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.