राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २३, शुक्रबार १७:१७
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

काठमाडौ । राष्ट्रियसभाबाट  ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ पारित भएको छ ।

शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले राखेको उक्त  ‘विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो ।

त्यसअघि, बैठकमा प्रधानमन्त्री तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कार्कीका तर्फबाट कानुन मन्त्री सिन्हाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो।

उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू डा. वेदुराम भुसाल, सुमित्रा बिसी र रुक्मिणी कोइरालाले भाग लिएका थिए।

सो छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री सिन्हाले अनुसन्धान लगायत विभिन्न आयामलाई सम्बोधन गर्न उक्त ऐनको आवश्यकता भएको स्पष्ट पारे। राष्ट्रियसभाको अर्को बैठक माघ २६ गते सोमबार १ः१५ बजे बस्ने छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.