गाली बेइज्जती मुद्दामा आरजु राणा पराजित

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २७, मंगलबार १०:१७

काठमाडौँ । नेपाली कांग्रेसकी पूर्वकेन्द्रीय सदस्य आरजु राणाले डा. अमरेशकुमार सिंहविरुद्ध दायर गरेको गाली बेइज्जती मुद्दामा हार बेहोरेकी छिन्। जिल्ला अदालत काठमाडौँले राणाको दाबी नपुग्ने फैसला गरेको हो।

न्यायाधीश खिमानन्द भुसालको इजलासले राणाले दायर गरेको मुद्दामा दाबी नपुग्ने ठहर गर्दै सिंहको पक्षमा फैसला सुनाएको छ। आरजुले २०८० जेठमा पूर्व सांसद सिंहविरुद्ध आफ्नो प्रतिष्ठामा आँच पुर्‍याएको भन्दै मुद्दा हालेकी थिइन्।

सिंहले विभिन्न सार्वजनिक कार्यक्रम र टेलिभिजन अन्तर्वार्ताहरूमा राणालाई नेपालका ठूला भ्रष्टाचार काण्डहरूमा संलग्न रहेको आरोप लगाउँदै ‘पम्फादेवी’ को संज्ञा दिएका थिए। सोही अभिव्यक्तिले आफ्नो सार्वजनिक छवि बिगारेको र अफवाह फैलाएको राणाको दाबी थियो।

विगतमा कांग्रेसकै राजनीतिमा सक्रिय सिंहको २०७९ को चुनावमा टिकट काटिएपछि राणासँग सम्बन्ध बिग्रिएको थियो। सर्लाही ४ बाट स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका सिंहले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिएका छन्।

आगामी फागुन २१ गते हुने चुनावमा सिंहले सर्लाही ४ मै कांग्रेस सभापति गगन थापासँग प्रतिस्पर्धा गर्दै छन्।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.