कांग्रेसले बोलेका कुरा पूरा गर्छ, मलाई विश्वास गर्नुस्: थापा

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २७, मंगलबार १०:५७

सुनसरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू र पार्टीप्रति जनताले देखाएको विश्वासलाई अब मतदानमार्फत पुष्टि गर्न आग्रह गरेका छन्। मंगलबार सुनसरी-२ को झुम्कामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

‘तपाईंहरूले कांग्रेस र मलाई जुन विश्वास र माया देखाउनुभएको छ, अब यस क्षेत्रबाट कांग्रेसलाई भोट हालेर जिताइदिनुस्,’ सभापति थापाले भने, ‘जनताका बाँकी अपूरा काम र मागहरू म आफैँ सक्रिय भएर पूरा गर्नेछु।’ उनले कांग्रेसले विगतमा बोलेका कुराहरू पूरा गरे/नगरेको बारे जनतालाई स्पष्ट पारिदिन स्थानीय नेता तथा कार्यकर्ताहरूलाई निर्देशन समेत दिए।

आफू जनताको विश्वासकै कारण यो स्थानमा पुगेको बताउँदै उनले अहिलेको कांग्रेस बदलिएर आएको दाबी गरे। थापाले बदलिएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि ठोस आधारसहित काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.