इम्बोस्ड नम्बरमा अंग्रेजी भाषा अनिवार्य नगर्न सर्वोच्चको आदेश

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २७, मंगलबार १२:३३

काठमाडौं । सर्वोच्च अदालतले सवारी साधनहरूमा अंग्रेजी भाषाको इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरू कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले यातायात व्यवस्था विभागले गत भदौ ३ गते जारी गरेको सूचना कार्यान्वयन नगर्न आदेश दिएको हो।

तत्कालीन भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने निर्णय गरेको थियो। सो निर्णयका विरुद्ध अधिवक्ता रामबहादुर रावलले सर्वोच्चमा रिट दायर गरेका थिए। अदालतले आइतबार जारी गरेको आदेशमा मन्त्रीको निर्णय र विभागको सूचनालाई सुविधा र सन्तुलनको दृष्टिकोणबाट तत्काल कार्यान्वयन नगर्न र नगराउन भनिएको छ।

यसअघि २०७६ मंसिर २७ गते पनि सर्वोच्चले सवारी साधनमा जडान गरिने नम्बर प्लेटमा अक्षर र अंक दुवै नेपाली भाषामा हुनुपर्ने आदेश दिएको थियो। त्यस समयमा भाषा आयोगले समेत नेपाली भाषाको प्रयोगका लागि सरकारको ध्यानाकर्षण गराएको थियो। तर, सरकारले पुनः अंग्रेजी भाषामै इम्बोस्ड प्लेट अनिवार्य गर्न खोजेपछि अदालतले त्यसलाई रोकेको हो।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.