बस दुर्घटनामा ६ जनाको मृत्यु

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २७, मंगलबार १२:५३

रामेछाप । रामेछापमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायात समितिको ३-०१-००५ ख ९९७५ नम्बरको बस मंगलबार बिहान रामेछापको मन्थली नगरपालिका–९ त्रिवेणी क्षेत्र नजिकै दुर्घटना भई तामाकोशी नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनास्थलबाट हालसम्म ६ जनाको शव निकालिएको छ । १३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये केही घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।

प्रहरीले दिएको जानकारी अनुसार घटनास्थलबाट ६ जनाको शव बाहिर निकालिएको हो । रामेछाप प्रहरीका इन्स्पेक्टर राजन तिमल्सिनाले दुर्घटनापछि तत्काल उद्धार सुरु गरिएको जानकारी दिए । उनका अनुसार बस सिधै तामाकोशी नदीमा खसेको हुँदा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।

‘उद्धार कार्य निरन्तर जारी छ । हालसम्म शवको पहिचान हुन सकेको छैन । मृतक संख्या अझै बढ्न सक्ने सम्भावना छ,’ उनले भने । बसमा कति यात्रु सवार थिए भन्ने विषयमा प्रारम्भिक विवरण आए पनि दुर्घटनाको यकिन कारण भने खुल्न सकेको छैन।

अरनिको यातायात समितिले दिएको जानकारीअनुसार बसमा जडिबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । त्यस्तै, चालक, सहचालक र बस व्यवसायी गरी ३ जना थप हुँदा बसमा जम्मा ११ जना सवार रहेको प्रारम्भिक विवरण छ । यद्यपि, यात्रु संख्या र सूचीबारे थप पुष्टि गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ । घटनास्थलमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । नदीको बहाव तीव्र रहेकाले उद्धारमा कठिनाइ भए पनि सम्भावित यात्रुको खोजी अझै जारी राखिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.