एमालेको चुनावी घोषणापत्र फागुन पहिलो साता सार्वजनिक गरिने

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २७, मंगलबार १६:०४

काठमाडौँ । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि घोषणा पत्र लेखन कार्यलाई तीव्र पारेको छ। पार्टीले घोषणा पत्रलाई समयसापेक्ष र जनमुखी बनाउन विभिन्न पार्टी सङ्गठन र जनवर्गीय सङ्गठनहरूबाट सुझाव संकलन गरेको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार धेरैजसो जनवर्गीय सङ्गठनहरूले कार्यालयमै उपस्थित भएर र कतिपयले इमेलमार्फत आफ्ना सुझावहरू बुझाएका छन्। संकलित सुझावहरूलाई वर्गीकरण गरी घोषणा पत्रको अन्तिम मस्यौदा तयार पार्ने काम भइरहेको उनले जानकारी दिए। पार्टीले फागुनको पहिलो साताभित्रै निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने तयारी गरेको छ।

घोषणा पत्र लेखनका लागि एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय मस्यौदा कमिटी गठन गरेको छ। यस कमिटीमा उपाध्यक्षहरू रामबहादुर थापा र विष्णु पौडेल, महासचिव शङ्कर पोखरेलका साथै नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.