झुम्का कारागारबाट फरार ८ कैदी पक्राउ

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २८, बुधबार ११:२४
उर्लाबारीमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ 

धनकुटा। जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका ८ जना कैदीबन्दीलाई धनकुटा प्रहरीले पक्राउ गरेको छ। विभिन्न गम्भीर मुद्दामा सजाय काटिरहेका उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

धनकुटाका प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेहरूमा कर्तव्य ज्यान, अंगभंग, जबर्जस्ती चोरी र लागुऔषध मुद्दाका दोषीहरू रहेका छन्। पक्राउ परेकामध्ये संखुवासभाका युवराज राईलाई भेडेटारबाट नियन्त्रणमा लिइएको छ भने अन्यलाई उनीहरूकै घर वा लुकिछिपी बसेको अवस्थामा फेला पारिएको हो।

पक्राउ पर्नेमा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएका सागर राई र २० वर्ष कैद तोकिएका रमेश माङ्मी मगर समेत रहेका छन्। यस्तै, लागुऔषध गाँजा मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सुरेश शिवा, अनिल सहनी, संगम माझी र बुद्धराज लिम्बुलाई पनि पुनः कारागार चलान गरिएको छ।

प्रहरीले अंगभंग मुद्दाका फरार कैदी सिजन तामाङलाई पनि घरैबाट पक्राउ गरेको बताएको छ। कारागारबाट फरार भई लुकिछिपी बस्दै आएका उनीहरूलाई विशेष सूचनाका आधारमा प्रहरीले सक्रियता देखाई नियन्त्रणमा लिएको हो।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.