
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै प्रभावका कारण देशका विभिन्न भागमा मौसममा परिवर्तन देखिएको छ। अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भएको छ भने अन्य स्थानको मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो तराईका केही क्षेत्रमा मध्याह्नसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने र बाँकी भूभागमा मौसम आंशिक बदली रहने देखिएको छ।
आज राति पनि तराईका थोरै स्थानमा तुवाँलो लाग्ने आकलन गरिएको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुने सम्भावना समेत रहेको छ।

























