३ अन्तर्राष्ट्रिय संस्था र १२ देशका प्रतिनिधिले निर्वाचन पर्यवेक्षण गर्ने

Share this
641shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १, शुक्रबार ०६:३५

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पर्यवेक्षणका लागि तीनवटा अन्तर्राष्ट्रिय संस्था र १२ मुलुकका प्रतिनिधिले अनुमति लिएका छन्। जेन-जी आन्दोलनले ल्याएको राजनीतिक परिवर्तनपछिको पहिलो निर्वाचन भएकाले यसपटक अन्तर्राष्ट्रिय समुदायले विशेष चासो देखाएका हुन्।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष गोपालकृष्ण सिवाकोटीका अनुसार जेन-जी विद्रोहपछि सत्ताबाट बाहिरिएका पुराना दल र नयाँ शक्तिहरूबीचको प्रतिस्पर्धाले गर्दा यो निर्वाचन विश्वकै नजरमा परेको छ। विदेशी पर्यवेक्षकहरूको उपस्थितिले निर्वाचनको विश्वसनीयतालाई विश्वस्तरमा अझ बलियो बनाउने उनले बताए।

पर्यवेक्षणका लागि अमेरिकाका दुई संस्थाहरू ‘इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युट’ र ‘मल्टी डिसिप्लिनरी इन्स्टिच्युट फर ट्रेनिङ एन्ड लर्निङ’ का साथै ‘एसियन नेटवर्क फर फ्री इलेक्सन’ का गरी कुल ३९ जनाले अनुमति पाएका छन्।

यसैगरी जापान, दक्षिण कोरिया, रुस, इन्डोनेसिया, अस्ट्रेलिया र मलेसियाका दुई-दुई जना गरी १२ जना प्रतिनिधि सहभागी हुनेछन्। भारतबाहेक सार्कका अन्य ६ राष्ट्रबाट १८ जनाले पर्यवेक्षण गर्ने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार कुल ६९ जना विदेशी र नेपालका २७ संस्थाका प्रतिनिधिहरू चुनावी मैदानमा खटिनेछन्। विदेशी पर्यवेक्षकहरू निर्वाचन हुनुभन्दा एक साताअघि नै नेपाल आइपुग्ने आयोगले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.