राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेस र चालु अधिवेशन अन्त्यको तयारी

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १, शुक्रबार १०:५९

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने भएकी छन्। मध्याह्न १२:१५ बजे सुरु हुने बैठकमा प्रधानमन्त्रीले उक्त प्रतिवेदन प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा अन्य विभिन्न समितिका प्रतिवेदनहरू पनि पेस हुने कार्यक्रम छ। विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दहालले ‘सङ्घीय एकाइहरूबीच विधायिकी अन्तर–सम्बन्ध अध्ययन प्रतिवेदन, २०८२’ र ‘बालबालिकासम्बन्धी ऐन, २०७५ मा रहेका बालसहभागितासम्बन्धी प्रावधानहरूको कार्यान्वयन मापन प्रतिवेदन, २०८२’ पेस गर्नेछिन्।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सोअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरू सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा सुनाउनेछन्। साथै, राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पनि अध्यक्षले जानकारी गराउनेछन्।

सरकारको माघ २६ गतेको सिफारिस बमोजिम राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा (२) अनुसार आज फागुन १ गते राति १२:०० बजेदेखि लागू हुने गरी राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन्। भदौमा भएको ‘जेन-जी’ आन्दोलनपछि सिंहदरबारको नयाँ भवनबाट सञ्चालन भएको यो अधिवेशन करिब एक महिना चलेर आज समापन हुन लागेको हो।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.