प्रधानमन्त्रीले गरिन् पाथीभरामा पूजाअर्चना, निर्वाचन तयारी बुझ्न ताप्लेजुङ भ्रमण

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन १, शुक्रबार १२:१३

ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री सुशीला कार्की शुक्रबार ताप्लेजुङ पुगेकी छन् । भ्रमणका क्रममा उनले बिहान प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा माताको मन्दिरमा पूजाअर्चना गरेकी छन् ।

पूजापछि सामाजिक सञ्जालमार्फत उनले ‘फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरुआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु’ भनी सन्देश सार्वजनिक गरेकी छन् । आसन्न निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यसहित उनले धार्मिक स्थलबाट शुभकामना व्यक्त गरेकी हुन् ।

प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन अवधिमा अपनाइने सुरक्षा रणनीति, संवेदनशील मतदान केन्द्र र कर्मचारी परिचालनबारे छलफल गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरूसँग भेट गरी तयारीको अवस्थाबारे जानकारी लिने जनाइएको छ।

प्रधानमन्त्रीको भ्रमणलाई निर्वाचन केन्द्रित गतिविधिका रूपमा हेरिएको छ । जिल्ला प्रशासनका अनुसार आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । प्रधानमन्त्री शुक्रबार नै काठमाडौं फर्कने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.