झापामा आचारसंहिता उल्लंघन: १३ उम्मेदवारमाथि उजुरी

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २, शनिबार १०:३७

बिर्तामोड । झापामा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा एक दर्जनभन्दा बढी उम्मेदवारहरू विरुद्ध उजुरी परेको छ। जिल्ला प्रशासन कार्यालय झापाका अनुसार निर्वाचन आयोगले प्रतिबन्ध लगाएका गतिविधिमा संलग्न भएको भन्दै १३ जना उम्मेदवारहरूमाथि कारबाहीको माग गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी एवं आचारसंहिता अनुगमन अधिकृत तेजप्रकाश प्रसाईंका अनुसार १० जनामाथि मौखिक र ३ जनामाथि लिखित उजुरी परेको छ। भद्रपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले परेका सबै उजुरीमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन आचारसंहिताको पूर्ण पालना अनिवार्य रहेको उनको भनाइ छ।

यसैबीच, आगामी २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी झापामा विशेष मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ। जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालका अनुसार फागुन ३ गतेदेखि १७ गतेसम्म जिल्लाका सबै १३१ वटै वडामा यो अभियान चलाइनेछ।

मतदान प्रक्रियालाई सरल बनाउन र बदर मतको संख्या न्यूनीकरण गर्ने उद्देश्यले प्रत्येक वडामा एक जना स्वयंसेवक परिचालन गरिने भएको छ। स्वयंसेवकहरूले मतदाताको घरदैलोमा पुगेर नमुना मतपत्रको प्रयोगमार्फत सही तरिकाले मतदान गर्ने विधि र मताधिकारको महत्त्वबारे जानकारी दिनेछन्।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेल र प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निर्वाचनको पारदर्शिता र सुरक्षा व्यवस्थाबारे चर्चा गरेका थिए।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.