निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापतिको निर्देशन

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २, शनिबार १६:३८

काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन विशेष निर्देशन दिएका छन्। महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा उनले नेपाली सेनाका सकल दर्जालाई यस्तो निर्देशन दिएका हुन्।

सकल दर्जालाई शुभकामनासहित सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले सेनाले विभिन्न क्षेत्रमा निर्वाह गर्दै आएको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पुरा गर्ने क्रममा निर्वाचनलाई मर्यादित र सुरक्षित बनाउनुपर्नेमा जोड दिए। उनले नेपालको गौरवमय गाथा, परम्परा र संस्कृतिबारे नयाँ पुस्तालाई बुझाउन सबै सैनिक तालिममा नेपाल र नेपालीको इतिहास अध्ययन–अध्यापन गराउन समेत निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सैनिक दिवसकै अवसरमा आयोजित फरक कार्यक्रममा उनले कर्तव्य पालनाका क्रममा प्राण उत्सर्ग गर्ने सैनिकहरूको सम्मानमा टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण गरे। त्यसैगरी, छाउनीस्थित वीर स्मारकमा वीरगति प्राप्त सैनिकका परिवारलाई भेटेर सम्मान समेत व्यक्त गरेका छन्।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.