कोशी प्रदेश सरकार स्थापनाको ८ वर्ष पूरा, यस्तो छ मुख्यमन्त्री कार्कीको सन्देश

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ३, आइतबार ०९:५८

विराटनगर । कोशी प्रदेश सरकार स्थापनाको आज (आइतबार) ८ वर्ष पूरा भएको छ । २०७४ साल फागुन ३ गते प्रदेश सरकार स्थापना भएको थियो ।

प्रदेश सरकार स्थापनाको आठौं वर्ष पूरा भएर नवौं वर्षमा प्रवेश गरेको हो । त्यस अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले उल्लेख्य प्रगति गरेको दाबी गरेका छन् । प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले प्रदेशमा भएका उपलब्धिहरूलाई बेवास्ता गरी निरन्तर नकारात्मक प्रचार भइरहेको भनेर आलोचना गरेका छन् ।

मुख्यमन्त्री कार्कीले आफ्नो सन्देशमा नेपालको संविधान, २०७२ जारी भएपछि २०७४ साल मंसिरमा प्रदेशसभाको निर्वाचन सम्पन्न भई फागुन ३ गते गठन भएको कोशी प्रदेश सरकार आइतबारबाट नवौं वर्षमा प्रवेश गरेको स्मरण गराएका छन् । उनले ७ दशक लामो संघर्ष र २०६२–०६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानअनुसार प्रदेश सरकार सञ्चालन हुँदै आएको र छोटो अवधिमै महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

भौतिक पूर्वाधार निर्माणदेखि सामाजिक विकाससम्म, जनताको जीवनस्तर उकास्न प्रदेश सरकारले उल्लेखनीय प्रगति गरेको मुख्यमन्त्री कार्कीको दाबी छ । उनले प्रदेश सरकारले जनतालाई प्रत्यक्ष अनुभव हुने कामहरूमा ध्यान दिँदै पारदर्शिता, जवाफदेहिता, जनमुखी सेवा र सुशासनलाई प्राथमिकता दिएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री कार्कीले यस अवधिमा प्रदेश सरकारले अनुभव अभिवृद्धि गर्दै आवश्यक कानुन निर्माण र कार्यान्वयनमा संघीय सरकारसँग सहकार्य, समन्वय र सहअस्तित्वलाई विशेष महत्व दिएको जानकारी दिए । उनका अनुसार ‘प्रदेशले केही गर्न सक्दैन’ भन्ने नकारात्मक प्रचारलाई चिर्दै आयोजना गरिएको लगानी सम्मेलनमा करिब २ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता प्राप्त गर्नु प्रदेश सरकारले हासिल गरेको महत्वपूर्ण उपलब्धि हो ।

त्यस्तै, पर्यटन वर्ष घोषणा, पदमार्ग निर्माण र पर्यटन प्रवर्धनका परियोजनाहरू मार्फत प्रदेशको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने प्रयास भइरहेको सन्देशमा उल्लेख छ । सडक सञ्जाल विस्तार, पुल निर्माण र कोरोना महामारीका चुनौतीका बाबजुद प्रभावकारी काम गर्दै प्रदेश सरकार जनतालाई अनुभूति हुने सरकारका रूपमा अघि बढिरहेको मुख्यमन्त्री कार्कीले बताए ।

मुख्यमन्त्री कार्कीले आफ्नो सन्देशमा प्रदेश सरकारलाई ‘देखिने, सुन्ने र अनुभव गर्न सकिने’ सरकारको रूपमा विकास गर्दै जनताको सरकारका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेश सरकारले स्थापनायता अनेक चुनौतीको सामना गरिरहेको छ ।

पहिलोपटक संघीयताको अभ्यास गरेको मुलुकमा प्रदेश संरचनाहरु स्थापना भएर संचालनमा छन् । मुख्यमन्त्रीको सन्देशले ८ वर्षको अवधिमा भएको प्रगति र चुनौतीहरूलाई उजागर गर्ने प्रयास गरेको छ । मुख्यमन्त्री कार्कीको दृष्टिमा कोशी प्रदेश अब प्रशासनिक संरचना मात्र नभई जनतालाई प्रत्यक्ष अनुभूति हुने र देखिने सुशासनको उदाहरण बन्ने दिशामा अग्रसर छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.