चुनाव प्रचार १५ दिन, फागुन १८ रातिदेखि मौन अवधि

Share this
640shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ३, आइतबार १८:०९

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गते सोमबारदेखि १५ दिनसम्म मात्र औपचारिक प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको छ ।

आयोगका अनुसार फागुन १८ गते राति १२ बजेसम्म चुनावको प्रचार गर्न पाइनेछ । त्यसपछि ‘मौन अवधि’ सुरु हुनेछ । मौन अवधिमा प्रचारप्रसार, मत माग्ने गतिविधि वा मतदातालाई प्रभावित पार्ने कार्य पूर्ण रूपमा निषेध हुनेछ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रचार अवधि एवं आचारसंहिताबारे जानकारी दिँदै दल र उम्मेदवारलाई ६४ बुँदे निर्देशन जारी गरिएको बताए । निर्देशनअनुसार उम्मेदवारहरूले फागुन ४ देखि १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा र घरदैलो कार्यक्रम गर्न पाउनेछन् ।

प्रचार कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । आयोगले निर्वाचन खर्च पारदर्शी बनाउन कडा व्यवस्था लागू गरेको छ । उम्मेदवार र दलले गर्ने सम्पूर्ण खर्च बैंक वा वित्तीय संस्था मार्फत गर्नुपर्नेछ ।

निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्चको विस्तृत विवरण आयोगमा बुझाउनुपर्नेछ । तोकिएको समयभित्र विवरण नबुझाए वा गलत विवरण पेस गरे कानुनी कारबाही गरिने चेतावनी आयोगले दिएको छ ।

त्यस्तै, निर्वाचन चिह्न अंकित टिसर्ट, टोपी, झोला, मास्क, लकेटजस्ता सामग्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । मतदातालाई कुनै प्रकारको आर्थिक प्रलोभन वा उपहार वितरण गरेमा गम्भीर उल्लंघन मानिनेछ ।

आयोगले आचारसंहिता उल्लंघन भएमा सचेत गराउनेदेखि दण्ड जरिवाना र उम्मेदवारी खारेजीसम्मको कारबाही हुन सक्ने जनाएको छ । गम्भीर उल्लंघनमा ६ वर्षसम्म कुनै पनि राजनीतिक प्रतिस्पर्धामा भाग लिन नपाउने व्यवस्था समेत रहेको भण्डारीले स्पष्ट पारे ।

मतदाता शिक्षाका लागि विनियोजित बजेटको पनि नजिकबाट अनुगमन भइरहेको आयोगले जनाएको छ । आयोगका अनुसार फागुन २१ मा निष्पक्ष, स्वच्छ र पारदर्शी निर्वाचन सुनिश्चित गर्न सबै दल र उम्मेदवारले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.