देश अब अस्थिरतातर्फ फर्किनु हुँदैन : गगन थापा

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ३, आइतबार १८:४२

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब देश फेरि अस्थिरता र हिंसातर्फ फर्किन नहुने बताएका छन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा मतदातासँगको भेटघाटका क्रममा उनले राज्य सञ्चालनमा जिम्मेवारी र कर्तव्यबोध आवश्यक रहेको उल्लेख गरे ।

‘अब सिंहदरबार पनि जल्नु हुँदैन । गोली पनि चल्नु हुँदैन,’ उनले भने, ‘हामीले सुशासन कायम गरेर जनताको अपेक्षा पूरा गर्नुपर्छ ।’ उनका अनुसार जनता कुशासनबाट आजित भइसकेका छन् र अब परिणाममुखी कामको आवश्यकता छ ।

थापाले युवालाई रोजगारी, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र कृषि सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए । आगामी ५ वर्ष निर्णायक हुने उल्लेख गर्दै उनले सरकार गठनपछि बहाना बनाउने छुट कसैलाई नरहेको धारणा राखे ।

सबै राजनीतिक दलबीच सहकार्य गरेर स्थायित्व दिनुपर्ने उनको भनाइ थियो । सर्लाही–४ का मतदातालाई उनले शिक्षा, स्वास्थ्य र कृषिलगायत क्षेत्रमा प्राथमिकताका आधारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । लोकतन्त्रलाई बलियो बनाउन जनविश्वास पुनः स्थापित गर्न आवश्यक रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.