सुधार केन्द्रबाट फरार १२ मध्ये ३ जना फेला

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ४, सोमबार १०:४५

धनकुटा। धनकुटा नगरपालिका–५ कर्मिटारस्थित सुनौलो जीवन सुधार केन्द्रबाट फरार भएका १२ जनामध्ये ३ जना पुनः सम्पर्कमा आएका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सरतकुमार थापा क्षेत्रीले फेला परेका तीनै जनालाई पुनः सुधार केन्द्रमै पुर्‍याइएको जानकारी दिएका छन्।

लागुऔषध तथा मादक पदार्थ सेवनको लत छुटाउन राखिएका ३० जनामध्ये १२ जना बिहीबार बिहान सुधार केन्द्रबाट एकैसाथ भागेका थिए। घटनापछि प्रहरीले खोजी कार्यलाई तीव्र पारेको थियो।

एसपी थापाका अनुसार बाँकी ९ जनाको खोजी कार्य अझै जारी छ। फरार रहेका कतिपय व्यक्तिहरू आफ्ना परिवारको सम्पर्कमा पुगेको सूचना प्राप्त भएकाले उनीहरूलाई पनि केन्द्रमा फर्काउन आवश्यक समन्वय र पहल भइरहेको प्रहरीले बताएको छ।

प्रहरीले फरार व्यक्तिहरूको अवस्था पत्ता लगाउन परिवार र स्थानीय तहसँग समन्वय गर्दै निगरानी बढाइएको जनाएको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.