बालेनको दाबी: काठमाडौँको फोहोर व्यवस्थापनमा अन्तर्राष्ट्रिय चलखेल

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ४, सोमबार १४:२७

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम् झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाहले काठमाडौँको फोहोर व्यवस्थापनमा ठुलो अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बताएका छन्। सोमबार बिहान आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूसँगको संवादमा उनले यस्तो दाबी गरेका हुन्।

काठमाडौँ महानगरपालिकाको नेतृत्व गर्नु प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीपूर्ण नरहेको उनले उल्लेख गरे। विशेषगरी फोहोरमैला र सुकुम्बासी समस्या समाधान गर्ने प्रयासमा आफूले निकै ठुलो अवरोध र बाह्य चलखेल महसुस गरेको उनले बताए। काठमाडौँका सुकुम्बासी बस्तीमा बस्ने धेरैजसो मानिसहरू वास्तविक सुकुम्बासी नभएको उनको जिकिर छ। उनीहरू विभिन्न राजनीतिक दलहरूद्वारा संरक्षित र परिचालित भएको उनले आरोप लगाए।

एक हप्ता लामो मधेस र बागमती प्रदेशको भ्रमण सकेर बालेन सोमबार नै झापा फर्किएका हुन्। उनले सोमबार बिहानैदेखि झापा क्षेत्र नम्बर ५ मा घरदैलो कार्यक्रम सुरु गरी मतदातासँग अन्तरक्रिया गरिरहेका छन्।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.