घोषणपत्र सार्वजनिकका लागि कांग्रेसले मधेश रोज्दा रास्वपाले रोज्यो कर्णाली

Share this
678shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ४, सोमबार १७:५०

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्न नेपाली कांग्रेसले मधेश प्रदेश रोजेको छ ।

फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने दललाई निर्वाचन आयोगले यही फागुन ३ गतेभित्र आ–आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न भनेको थियो । नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपाजस्ता राजनीतिक दलले तोकिएको मितिमा घोषणापत्र सार्वजनिक गरेनन् ।

नेपाली कांग्रेसले फागुन ६ गते मधेस प्रदेशको धनुषाबाट आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुन ६ गते जनकपुरमा हुने आमसभामा चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन ७ सार्वजनिक गर्ने भएको छ । कर्णालीको सुर्खेतबाट आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने रास्वपाले जनाएको छ ।

नेकपा एमालेले घोषणापत्र सार्वजनिक गर्ने मिति खुलाइसकेको छैन ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा),जसपा नेपाल, जसपा, राप्रपा, उज्यालो नेपाल, श्रम संस्कृति, नेपाल मजदुर किसान पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीलगायतका पार्टीले भने चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.