एमाले विराटनगरको माग : पार्टी कार्यालय तोडफोडमा संलग्नलाई तुरुन्त पक्राउ गरियोस्

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ४, सोमबार १८:२७

विराटनगर । नेकपा (एमाले) विराटनगर महानगर कमिटीले निर्वाचन परिचालन कमिटीको पार्टी कार्यालय तोडफोडमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गर्न प्रशासनसँग माग गरेको छ ।

महानगर अध्यक्ष बलराम गिरीका अनुसार फागुन ३ गते राति विराटनगर–१७ र फागुन ३ गते राति विराटनगर–१५ मा रहेका निर्वाचन परिचालन कमिटीको कार्यालयमा तोडफोड भएको थियो । गिरीले विज्ञप्तिमा भनेका छन्, ‘निर्वाचनको माहोल विथोल्ने अराजक गतिविधिमा संलग्नलाई तुरुन्त नियन्त्रणमा लिइ कानुनी कारबाही हुनुपर्छ ।’

एमालेले प्रेस विज्ञप्तिमार्फत घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा सुरक्षित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै पक्षको जिम्मेवारी भएको पनि उल्लेख गरेको छ । साथै, निर्वाचन आयोगलाई आचारसंहिता उल्लंघन भएका घटनामा विशेष निगरानी राख्न ध्यानाकर्षण गराइएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.