
झापा। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापाको दमक नगरपालिकाका विभिन्न वडाहरूमा आयोजना हुने चुनावी भेटघाट र संवाद कार्यक्रममा सहभागी हुने भएका छन्। आगामी फागुन २१ गते हुने आम निर्वाचनको प्रचारप्रसारका क्रममा ओलीले आज दिनभर स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्ने तय भएको छ।
निर्वाचन परिचालन समितिका अनुसार अध्यक्ष ओली बिहान ११:३० देखि १२:०० बजेसम्म वडा नं. ३ को दुम्से चोक र टुकुरेमा रहनेछन्। त्यसपछि १२:२० देखि १:०० बजेसम्म वडा नं. ८ को संगम चोकस्थित धनपति मैनालीको घरमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यतालिका छ।
दिउँसो १:२० देखि २:०० बजेसम्म वडा नं. १० को सूर्य चोक, २:२० देखि ३:०० बजेसम्म गुम्बा चोक र मुना चोक क्षेत्र तथा ३:२० देखि ४:०० बजेसम्म किराँत चोकमा कार्यक्रमहरू सञ्चालन हुने मिडिया परिचालन उपसमितिका संयोजक इन्द्र भण्डारीले जानकारी दिए। यस पटकको निर्वाचनमा ओलीको गृहक्षेत्र झापा-५ मा उनी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
























