कन्काई पुलको शंकास्पद वस्तु निष्क्रिय, राजमार्ग सुचारु

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ५, मंगलबार ०८:३२

झापा। झापाको शिवसताक्षी र कन्काई नगरपालिकाको सिमानामा पर्ने कन्काई नदीको पुलमा आज (मंगलबार) बिहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ। सेनाको टोलीले उक्त वस्तु हटाएपछि पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन पुनः सुचारु भएको छ।

शंकास्पद वस्तु देखिएलगत्तै सुरक्षा सतर्कता अपनाउँदै राजमार्ग पूर्ण रूपमा बन्द गरिएको थियो। केही घण्टा सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका थिए। घटनास्थलमा पुगेको सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तु सुरक्षित रूपमा निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार प्रारम्भिक अनुसन्धानमा उक्त शंकास्पद वस्तु ‘होक्स’ अर्थात् नक्कली बम रहेको खुलेको छ। हाल अवस्था सामान्य रहेको र राजमार्गमा सवारी साधनहरू पूर्ववत् रूपमा सञ्चालन भइरहेका छन्।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.