
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका बारेमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले बुधबार भर्चुअल बैठक बोलाएको छ ।
बैठक बिहान ११ बजे सुरु हुने जानकारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएका छन् । बैठकमा पार्टीको चुनावी रणनीति, उमेदवारसम्बन्धी तयारी र समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने छ ।
केन्द्रीय कार्यसमितिका पदाधिकारी र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई बैठकमा सहभागी हुन आग्रह गरिएको छ । बैठकले पार्टीको निर्वाचन तयारीलाई अन्मिम रूप दिने र आगामी राजनीतिक कदम तय गर्ने बताइएको छ ।
























