भोजपुरमा प्रदेश सरकारद्वारा ३० वटा पुल निर्माण

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ६, बुधबार १०:४३

भोजपुर। सङ्घीयता कार्यान्वयनपछि भोजपुर जिल्लाका विभिन्न स्थानमा प्रदेश सरकारले पूर्वाधार विकासमा तीव्रता दिएको छ। यस अवधिमा जिल्लाभर १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन्।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले दिएको जानकारी अनुसार पिखुवा खोला, कावाखोला, एखुवा खोला, चिरखुवा खोला लगायतका प्रमुख नदी र खोलाहरूमा करोडौँको लागतमा पक्की पुलहरू बनेका छन्। सबैभन्दा बढी लागत पिखुवा खोला र कावाखोलामा सात करोड ५० लाखका दरले खर्च भएको छ।

यसैगरी, आरीखोला, वेहेरे खोला, खाल्डे पिखुवा, राउते खोला, श्यामखोला, बङ्खुवा खोला, गङ्खुवा खोला र सिक्तेल खोलामा पनि पक्की पुलहरू निर्माण भई सञ्चालनमा आएका छन्। यी पुलहरूको निर्माणसँगै स्थानीयलाई यातायात र आवतजावतमा ठुलो सहजता मिलेको छ।

तामुटारमा छ करोड ३५ लाखको लागतमा बनिरहेको अर्को एक पक्की पुल निर्माणको अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.