आधिकारिक निर्णयविरुद्ध छोरालाई उठाएको भन्दै उपाध्यायलाई कारबाही

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ६, बुधबार ११:५६

काठमाडौं। नेपाली कांग्रेस कपिलवस्तुले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायलाई ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ। पार्टीको आधिकारिक निर्णयविरुद्ध आफ्ना छोरा आशिष शर्मालाई स्वतन्त्र उम्मेदवार बनाएको भन्दै उनीमाथि यस्तो कदम चालिएको हो।

उपाध्यायका छोरा आशिषले कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेदवारी दिएका छन्। कांग्रेसले सो क्षेत्रमा अतहर कमल मुसलमानलाई उम्मेदवार बनाएको छ। उपाध्याय पूर्वमन्त्री र पूर्वसांसद समेत हुन्।

कांग्रेस कपिलवस्तु जिल्ला कार्यसमितिको मङ्गलबार बसेको बैठकले उपाध्यायसहित बागी उम्मेदवार आशिष, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अब्दुल मन्नान खाँसहित १९ जनालाई कारबाहीका लागि लुम्बिनी प्रदेश कार्यसमिति र केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ। जिल्ला सभापति अब्दुल कलामले अनुशासन समितिको निर्णय बमोजिम पार्टीको विधान विपरीत कार्य गर्नेहरूलाई ५ वर्षका लागि निष्कासन गर्न सिफारिस गरिएको बताए।

कारबाही सिफारिसमा पर्नेहरूमा महासमिति सदस्यहरू राजेशबहादुर सिंह, कमल टण्डन, विष्णु प्रसाद न्यौपाने र जिल्ला सदस्यहरू हरिराज घिमिरे, दुर्गा केसी, कमलराज आचार्य लगायत छन्। पार्टीको विधानको धारा ३४ को उपधारा ४ बमोजिम उनीहरूलाई निष्कासन गर्न सिफारिस गरिएको जिल्ला कार्यसमितिले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.