भोजपुरमा सेना सवार बस दुर्घटना, २४ जना घाइते

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ६, बुधबार १५:४६

विराटनगर । भोजपुर नगरपालिका-३ स्थित सेतीबगरमा नेपाली सेना सवार बस दुर्घटनामा परेको छ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि टेम्केमैयुङ गाउँपालिकामा बेस क्याम्प स्थापना गर्न हिँडेको सेनाको टोली दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

नयाँ श्रीनाथ गण भोजपुरबाट हिँडेको ना४ख ७३१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो।

उक्त दुर्घटनामा परी २४ जना सैनिक जवान घाइते भएका छन्। घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको छ।

अन्य घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको भोजपुर प्रहरीले जानकारी दिएको छ।

निर्वाचन सुरक्षाका लागि परिचालन हुन लागेको टोली नै दुर्घटनामा परेपछि स्थानीय प्रशासनले उद्धार कार्यलाई तीव्रता दिएको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.