खोटाङको साकेलास्थित निर्माणाधीन सामुदायिक भवनमा आगलागी

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ६, बुधबार १५:५१

विराटनगर । खोटाङको साकेला गाउँपालिका-४ मानेभन्ज्याङस्थित निर्माणाधीन सामुदायिक भवनमा बुधबार बिहान भीषण आगलागी भएको छ। बिहान करिब साढे ६ बजेतिर सुरु भएको आगलागीबाट ३ करोड १५ लाख ३६ हजार रुपैयाँ बराबरको क्षति भएको मुचुल्का उठाइएको छ। गाउँपालिकाको करिब ४ करोड रुपैयाँ लागतमा बनिरहेको उक्त भवनमा लागेको आगो स्थानीय बासिन्दा, कर्मचारी र प्रहरीको संयुक्त प्रयासमा करिब डेढ घण्टापछि नियन्त्रणमा आएको हो।

भवन निर्माणाधीन अवस्थामै रहे पनि यसलाई आवासका रूपमा प्रयोग गरिँदै आएको थियो। तीन तलासम्म ढलान भइसकेको सो भवनमा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, लेखापाल उत्तम आचार्य र सूचना अधिकारी डीएम चाम्लिङ बसोबास गर्दै आएका थिए। आगलागीका कारण भवनभित्र रहेका महत्वपूर्ण सामग्री र संरचनामा ठूलो क्षति पुगेको प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर राईले जानकारी दिए।

आगलागीको कारण अझै खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी राजु विष्टले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको बताएका छन्। आगलागीबाट मानवीय क्षति नभए पनि ठूलो आर्थिक नोक्सानी भएको छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.