
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषि कट्टेल पक्राउ परेका छन् ।
निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो ।
कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार कट्टेललाई बुधबार कीर्तिपुरबाट पक्राउ गरिएको हो ।
निर्वाचन बिथोल्ने गतिविधि गरेकै आरोपमा बास्तोला मंगलबार पक्राउ परेका थिए ।
























