झापामा हात्तीको आक्रमणबाट महिला घाइते, अवस्था गम्भीर

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन ७, बिहीबार ०७:५८

झापा । झापामा बिहीबार बिहान जंगली हात्तीको आक्रमणबाट एक जना महिला गम्भीर घाइते भएकी छन् ।

बाह्रदशी गाउँपालिका–१ बोक्राझारीकी अन्दाजी ५० वर्षीया लीला राजवंशी घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्नो निर्माणाधीन पक्की घरमा पानी हाल्ने क्रममा लक्ष्मीनाथ सामुदायिक वन भागुडुब्बा तिरबाट आएको हात्तीले बिहान ५ः४५ बजेतिर उनलाई आक्रमण गरेको थियो ।

आक्रमणबाट गम्भीर घाइते भएकी उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल भर्ना गरिएकी उनी बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजवंशीलाई आक्रमण गरेर हात्ती जंगलतर्फ नै लागेको थियो ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.